गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाले, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो । टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र लेखिएको बाईनरसहित पुष्प वृष्टि गरिएको थियो ।
गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोह तस्बिरमा हेर्नुहोस्
















 
			 
		