मकवानपुर– मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा सञ्चालित निशुल्क आँखा परिक्षण शिविरमा ७ सय ५४ जनाको आँखा परिक्षण गरिएको छ । वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा मंगलबार बाट सुरु भएको ३ दिने निःशुल्क आँखा शिविरमा ७५४ जनाको आँखाको परिक्षण गरिएको हो ।

बकैया गाउँपालिका ४ नम्बर वडा कार्यालय र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौको आयोजनामा सञ्चालित शिविरमा ५४ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको छ । वडामा धेरै जनामा आँखा सम्बन्धी समस्या देखिएको र उपचारको पहुँचमा प्ग्न नसकेको महसुस गरेर शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारि दिनुभएको छ ।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौका विशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार सेवा प्रदान गरेको उहाँले जानकारी दिनुभयो । ३ दिने निशुल्क आँखा शिबिर ७ सय ५४ जनाको परिक्षण गरिउका मध्ये ५४ जनाको मातिया विन्दु लगायतका समस्याको सल्यकृया सफल रुपमा सम्प्न्न गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिनुभयो ।