सरकारले आउँदाे आर्थिक वर्षकाे बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गर्ने बताएकाे छ । आज मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताउनुभएको हो ।
कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । आउँदाे वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिनका लागि विशेष व्यवस्था गरिने पनि उल्लेख छ । राष्ट्रपति भण्डारीले नेपालमा सबैभन्दा धेरै आयात हुने धान, मकै, आलु, प्याज, ओखर जस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन गर्न विशेष कार्यक्रम अघि बढाइने पनि बताउनुभयो । उहाँले कृषिमा सूचना प्रणाली अपनाइने र किसानकाे संरक्षण गर्ने नीति लिइने बताउनुभयो ।