काठमाडौं महानगरपालिकामा दिउँसो १२ बजेसम्म १ लाख ६ हजार ५ सय १६ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ । उहाँले ३८ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २१ हजार ५ सय ३८ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २० हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । यसैबीच काठमाडौ महानगरपालिका वडा नम्बर ७ मा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विमल कुमार होडा विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।