काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई निरन्तरता दिइहनुभएकाे छ । अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएकाे हाे । साहले १७ हजार चार सय २४ मतकाे अग्रता बनाउनुभएकाे छ । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अगाडि हुनुहुन्छ ।