मकवानपुर – मकवानपुरमा शनिबार साँझ भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याम नजिक सिमखोला पुलमा पीकअप (डिआइ) गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरु आठ जना मध्ये हेटौंडा अस्पतालमा ल्याइपुर्याईएका तीन जना र एक जनाको काठमाण्डौं स्थीत ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । उनीहरूको पहिचानको नखुलेको र तराई मुलको जस्तो देखिने पुरूष रहेको उहाँले बताउनुभयाे । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडामा र एकजनाको काठमाडौंमा उपचार भइरहेको छ । बिरगन्जबाट काठमाण्डौं तर्फ जादै गरेको ना ४ च २३१५ नम्बरको डिआइ गाडी दुर्घटनामा परेको हो ।