मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकामा गठवन्धनका उम्मेदवार बिजयी हुनु भएको छ । गठबन्धनका तर्फबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) बिजयी हुनुभएको छ ।
गाउँपालिका अध्यक्षमा कालाखेतीले ९ हजार ३६६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९७० मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) ले ७ हजार ४७० मत गर्दा नेकपा एमालेकि सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गर्नुभयो ।