मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ६ सय ८८ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामालाई ५६२ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई ६०८ मत प्राप्त भएको छ । १८ नम्वर वडाबाट हालसम्म राप्रपाका उम्मेदवार दिपक सिंहलाई ३३७ मत प्राप्त भएको छ ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ७७७, एमालेकी सुमित्रा काफ्लेलाई ६८९ मत प्राप्त भएको छ । वडा अध्यक्ष पदमा भने गठबन्धनका रामबाबु बानियाँलाई ७२६ र एमालेका अनिल बानियाँलाई ८१४ मत प्राप्त भएको छ ।