काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ । काठमाण्डौको राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म बालेन शाहले ५ सय ५७ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका केशव स्थापितले ५ सय २६ मत ल्याएर पच्छ्याइरहनुभएको छ । यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ सय १७ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ६८ मत प्राप्त गर्नुभएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरतर्फ एमालेबाट उम्मेदवार बन्नुभएकी सुनिता डंगोलले ६ सय २ मत ल्याएर अग्रतालाई कायमै राख्नुभएको छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ सय २६ र राप्रपाका उम्मेदवार विनिता मगैयाले पनि १ सय २६ मत नै प्राप्त गर्नुभएको छ ।