मकवानपुर । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन र नियमावली तर्जुमा सम्बन्धी अभिमुखीकरण तथा परामर्श गोष्ठी हेटौँडामा सम्पन्न भएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका डा।बालकुमारी शर्माले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता मस्यौदा नियमावलीका आधारभूत विशेषताहरूका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी, डब्लुएफपीका राजुप्रसाद चापागाईँले सङ्घीयताको सन्दर्भमा खाद्य अधिकार तथा सम्प्रभुतामा तीन तहका कारकारद्वारा दायित्वको बुझाइका विषयमा प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजन ढकालले ऐन कार्यान्वयनमा प्रदेश सरकारको प्रयास, उपलब्धि, चुनौती र अवसरका विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डाक्टर रेवती रमण पौडेलले ऐन कार्यान्वयनको वर्तमान अवस्था, प्राथमिकता र ऐनको कार्यान्वयन मार्फत दिगो खाद्य प्रणालीको सुदृढीकरणका लागि रणनीतिक कार्यहरूको पहिचानका विषयमा प्रस्तुतीकरण गर्नुभयो । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाडेको अध्यक्षता तथा प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक रवीन्द्र बहादुर प्रधान, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटा प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाका निर्देशक डा।रामप्रसाश प्रधान लगायतको आतिथ्यता रहेको थियो ।