हेटौंडा । स्थानीय निर्वाचनको दिन शुक्रबार मकवानपुरको हेटौंडामा विना पास सवारी चलाउने ६५ जना कारबाहीमा परेका छन् । हेटौंडाको बुद्धचोक,राप्तीरोड,पिप्ले,रातोमाटे विभिन्न स्थानबाट ६५ वटा मोटरसाईकललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनले उक्त सवारीहरुलाई नियन्त्रणमा लिएको र साँझ ५ बजेपछि मात्र छोड्ने तयारी रहेको बताए । यसैगरि,उनले ३ वटा साना सवारीलाई पनि नियन्त्रणमा लिएको बताए । उनले जिल्लामा शान्तिपूर्वक मतदान भईरहेको जानकारी दिदै विना पासका सवारी नचलाउन अनुरोध गरे ।