हेटौंडा । स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि आज भएको मतदानका लागि मकवानपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लका दश वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पारिएको र भौगोलीक स्थान अनुसार सुरक्षाकर्मी परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । सबै मतदान केन्द्रमा ढुक्क भएर मतदान गर्न पाण्डेले आग्रह गर्नु भएको छ ।
मकवानपुर जिल्लामा स्थानीय तह चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्लाका एक सय ६५ वटा मतदान स्थलका लागि र वरपर समेत गरी बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले बताउनुभयो । आजको स्थानीय तह चुनावका लागि भनेर मकवानपुर प्रशासनले नेपाली सेना ५ सय जना, ससस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना र म्यादी प्रहरी १ हजार ४ सय जना परिचालन गरिएको पाण्डेले जानकारी दिनुभयो । पहिलो घेरामा जनपथ र म्यादी प्रहरी रहनेछन् । दोस्रो घेरामा ससस्त्र प्रहरी र तेस्रो घेरामा अर्थात मतदान स्थल वरपर भने नेपाली सेना परिचालन गरिएको उहाँले बताउनुभयो ।
Home निर्वाचन विशेष मकवानपुरमा चुनावका लागि सुरक्षा व्यवस्था कडा, ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह











