मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी विश्वराज जोशीलाई निलम्बन गर्ने बाग्मती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्बोच्चका न्यायधिश कुमार चुँडालको इजलाशले भिसी जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो । सर्बोच्चको अन्तरिम आदेशसंगै भिसी जोशीलाई पदमै रहेर काम गर्ने बाटो खुलेको छ । बागमति प्रदेश सरकार मन्त्री परिषदको निर्णयबाट उनलाई निलम्बन गरिएको थियो । निलम्बन गर्ने प्रदेश सरकारको निर्णय बिरूद्द उनी अदालत गएका थिए । अदालतले सरकारको स्वेच्छाचारि निर्णयमाथि लगाम लगाउँदै दुबै पक्षलाई छलफलका लागि समेत झिकाएको छ ।