मकवानपुर – हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेको दोस्रो चरणको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । गत बैषाख १२ गते मनोनयन दर्ता पश्चात सुरु भएको चुनावी अभियान अन्तरगत वडामा दोस्रो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

आईतबार एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा दोस्रो चरणको कार्यक्रम समापन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खुलालले ९ नम्बर वडाका हरेक नागरिकको मनमा एमाले रहेको भन्दै वडामा एमालेको जित सुनिश्चित भईसकेको बताउनुभयो । उहाँले भोली हुने कार्यक्रमलाई भव्य बनाउन समेत अग्रह गर्नुभयो । भोली ९ नम्बर वडामा एमालेबाट मेयर र उपमेयर तथा वडाका प्रत्यासिसहितको बृहत वडा परिक्रमा तथा घरदैलो कार्यक्रम आयोजना हुँदै छ । वडामा एमालेको शक्ति प्रदर्शनका रुपमा लिइएको उक्त कार्यक्रममा सहभागि हुन उहाँले सबैलाई विषेश आग्रह समेत गर्नुभयो ।













