हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा चोरीको मोटरसाईकल र लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ डेरा गरी बस्ने २६ वर्षीय अख्तर खान र हेटौंडा उपमहानगरपालिका– १० का १९ वर्षीय आर्यान बानियाँलाई ३ वटा चोरीको मोटरसाईल र ४०० मिलि ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले एक मोटरसाईकल चोरी भएको सूचनाको आधारमा ३ वटा मोटरसाईकल सहित खैरो हेरोईन बरामद गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो।
बुधबार दिउँसो हेटौंडाको राप्तीरोडबाट बिजय गौतमको बागमती प्रदेश ०३–००५ प ३४६५ नंको बुलेट मोटरसाईकल चोरी भएको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा गौतमको सहित तीन वटा मोटरसाईकल बरामद गरीएको कार्कीले बताए । उक्त बुलेट मोटरसाईकल खान र बानियाँको साथबाट भेटिपछि प्रारम्भिक अनुसन्धान गर्दा उनिहरुले लुकाएर राखेको अवस्थामा ना ४१ प ५२०८ र बा।प्र।०३–००३ प ७२५२ नं।को पल्सर मोटरसाईकल बरामद गरेको कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुबै पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लुकाएर राखिएको अवस्था बरामद गरेको गरिएको हो ।उनिहरु बस्ने कोठा चेकजाँच गर्ने क्रममा लागुऔषध खेरौ हेरोईन ४०० मिलि ग्राम फेला परेको प्रहरीले जनाएको छ । चोरीको मोटरसाइकल र लागुऔषध खेरौ हेरोईन सहित पक्राउ परेका खान र बानियाँमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।