दोलखा – जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेशको दोस्रो पूर्ण बैठक शुक्रबार दोलखाको सदरमुकामा चरिकोटामा सम्पन्न भएको छ । महासंघ बागमती प्रदेशका अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिसस दाेलखाकाे सभाहलमा बैठक बसेको हो ।

बैठकमा जिसस महासंघ केन्द्रीबाट प्राप्त निर्देशन बैठकमा जानकारी गराउनुका साथै जिल्लागत रिपोर्टीङ एवम् आगामी योजनाका बारेमा छलफल तथा विभिन्न निर्णय भएको अध्यक्ष खुलालले जानकारी दिनुभयो । बैठकमा जिसस आवश्यक छ भन्ने प्रत्याभुत गराएको निष्कर्श निकाल्दै जिससलाई स्थापीत गर्न, संघ र प्रदेश सरकारबाट प्राप्त हुँदै गएको अन्य जिम्मेवारीलाई व्यवस्थित गर्ने सन्दर्भमा महासंघ केन्द्रले विशेष भुमिका निर्वाह गर्ने गरि विभिन्न निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले स्थानीय तह स्वमूल्यांकन (लिजा) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको जिम्मेवारी हेर्ने गरि जिससमा प्राविधिक कर्मचारीको व्यवस्था गर्न, जिससलाई आन्तरिक लेखा परिक्षणको अधिकार र कर्मचारी उपलब्ध गराउन, जिसस सदस्यहरुको मर्यादाक्रम कायम गर्न र राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदानको अधिकार दिने सम्बन्धमा जिसस महासंघ केन्द्रले भुमिका निर्वाह गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले संघ, प्रदेश र स्थानीय तहलाई जिससको भुमिकाका कारण स्थापित एवम् आवश्यक छ भन्ने प्रत्याभुत गराउन सफल भएको निष्कर्श निकाल्दै यसलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।

त्यस्तै बैठकले जिसस महासंघको दोस्रो पूर्ण बैठक आयोजना गर्न समन्वय र सहयोग गरेको भन्दै जिसस दोलखालाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले जिल्ला समन्वय समिति महासंघका केन्द्रीय उपाध्यक्ष गणेशराज भट्टको असामियक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरेको छ । बैठकमा अधिकांले वक्ताहरुले शुन्यबाट सुरु भएर याहाँसम्म आएको जिल्ला समन्वय समितिलाई आगामी दिनमा थप ससक्त र प्रभावशाली कसरी बनाउन सकिन्छ भन्ने बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

जिसस मकासंघ बागमती प्रदेशको आयोजना एवम् जिसस दोलखाको समन्वयमा भएको दोस्रो पूर्ण बैठकमा जिसस महासंघ अध्यक्ष एवम् जिसस भक्तपूरका प्रमुख नवराज गेलाल, प्रवक्ता एवम् जिसस काठमान्डौका प्रमुख शिवशुन्दरराज बैद्य, केन्द्रीय सदस्य एवम् जिसस दोलखाका प्रमुख डबल पाण्डे, महासंघ बागमती प्रदेशका उपाध्यक्ष एवम् जिसस ललितपुरका प्रमुख अमर बहादुर खड्का, जिसस काभ्रेका प्रमुख उद्धब केसी, जिसस धादिङका प्रमुख जग्गनाथ नेपाल, जिसस सिन्धुलीका प्रमुख शंकरराज तिवारीलगायत महासंघ बागमती प्रदेशका सदस्यहरु मनमाया जिरेल, दिपा पाख्रिन, विन्दा बरामु, तेजीला थापा, अर्जुन पौडेललगायतको सहभागिता थियो ।