हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, शान्ति टोलमा नेकपा एमालेको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन भएको छ । कार्यालयको एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले आज उद्घाटन गर्नु भएको हो ।
कार्यालय उदघाटन गर्दै केन्द्रिय सदस्य रानाले नेकपा एमालेले मात्रै यो देशमा सुख समृद्धीको सपना पुरा गर्ने भएकोले एमालेलाई जिताउनु पर्ने वताउनुभयो । कार्यक्रममा ७ नम्बर वडा अध्यक्षका उम्मेदवार राजन थापा, एमाले जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख ध्रुब चौलागाई, ईलाका सदस्य प्रेम वस्नेत, वडा सदस्यका उम्मेदवारहरु देवराज रिमाल, नर वहादुर भ्लोन, सपना विक, तुलसा अधिकारी, समेतले मन्तव्य राख्नु भएको थियो । पार्टी वडा अध्यक्ष कुल प्रसाद त्रिपाठीको सभाध्यक्षतामा भएको कार्यक्रममा यही वैशाख १८ गते मई दिवसमा हेटौंडामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउनुहुने भएकोले सबैलाई उपस्थित हुन आग्रह समेत गरिएको थियो ।