हेटौंडा: नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले आजका मतदाताले परिणाम खोज्ने बताउनुभएको छ । हेटौंडा-१९ मा भएको चुनावी प्रचार कार्यक्रममा बोल्नुहुँदै उम्मेदवार पौडेलले अबका मतदाताहरुले आफ्नो मत दिन काम के गरेको छ भनेर परिणाम खोज्ने बताउनुभयो ।
बिहिबार बिहान विद्यार्थीसँगको कार्यक्रमको बारेमा जानकारी गराउनुहुँदै उहाँले अबका नयाँ मतदाता अहिलेका उच्च शिक्षा आर्जन गरिरहेका विद्यार्थीहरु रहेको बताउनुहुँदै ती विद्यार्थीले एमालेलाई भोट हाल्न एमालेले के गरेको छ भनेर परिणाम खोजेको बताउनुभयो । बर्तमान मेयर हरिबहादुर महत सहित नगरमा भएका विकासका कामहरु जानकारी गराउँदा विद्यार्थीहरु खुसी भई अब एमाले जिताउने अभियानमा सरिक हुन प्रतिबद्ध भएको समेत जानकारी दिनुभयो । त्यसैले अहिले एमालेले वडा वडा पुगेर भोट माग्ने आधार नै अघिल्ला वर्षहरुमा एमालेले गरेका विकासका कामहरु भएको उहाँको भनाई छ ।