हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धन दलहरुबिचमा एकिकृत समाजबादीले प्राप्तगर्ने निर्णय भएको छ । बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले हेटौंडा उपमहानगरपालिका एकिकृत समाजबादीले प्राप्त गर्ने निर्णय गरेको हो । उपमेयर भने नेपाली काग्रेशले प्राप्त गर्ने छ । यसअघि देखिनै हेटौंडाको मेयर एकिकृत समाजबादीले प्राप्त गर्नुपर्ने माग गरिदै आएको थियो ।
पाँचदलीय सत्ता गठबन्धनमा देशका ११ वटा उपमहानगरको भागबण्डामा सहमति भएको छ । भागबण्डाअनुसार ११ मध्ये ७ उपमहागरपालिकाको मेयर कांग्रेसले पाएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भाबण्डामा सहमति जुटाएको हो । सहमतिअनुसार माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादी र जसपाले एक एक उपमहानगरमा मेयर पाएका छन् । कांग्रेसले बुटवल, तुलसीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीमा मेयर उठाउनेछ ।
यस्तै माओवादी केन्द्रले घोराही र जितपुर सिमरा पाएको छ भने एकीकृत समाजवादीले हेटौँडा र जसपाले जनकपुरधाम पाएको छ । सहमतिअनुसार कांग्रेसले ६ उपमहानगरमा उपमेयर पाएको छ । तर, उपमेयर पाउने उपमहानगरपालिकाको टुंगो भने लागिसकेको छैन। यसअघि गठबन्धनले मंगलबारै ६ वटा महानगरको भागबण्डामा सहमति जुटाएको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउँदा माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज पाएको छ । महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि सकेको छ । गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एकरएकवटा महानगरको उपमेयर भागवण्डा गरेको हो ।
सहमति अनुसार काठमाडौ, ललितपुर र विराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा पाउनेछ । यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने एक नेताले जानकारी दिए । सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।