सुनको मुल्य आज फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन एक लाख दुई हजार रुपैयाँमा पुगेको छ । समग्रमा यो हप्ता सुनको मुल्य तोलामा १७ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा एक लाख ३ सय रुपैयाँ रहेको सुनको मुल्य हप्ताको अन्तिम दिन आज एक लाख दुई हजार रुपैयाँमा पुगेको हो ।
सोमवार दुई सय रुपैयाँले घटेर मुल्य एक लाख एक सय रुपैयाँमा झरेको थियो । तर, मङ्गलवार फेरि ८ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको थियो । यस्तै, अस्ति बुधवार पनि तोलामा ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको थियो । हिजो नयाँ वर्षका दिन सार्वजनिक बिदा भएकाले सुन चाँदीकाे मुल्य तोकिएन । आज हप्ताको अन्तिम दिन फेरि ५ सय रुपैयाँले मुल्य बढेर एक लाख दुई हजार रुपैयाँ पुगेको हो। यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १४ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । समग्रमा चाँदी यो हप्ता तोलामा ५० रुपैयाँले बढेको छ।