हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान अन्र्तगतको हेटौँडा अस्पतालाई प्रतिष्ठानबाट अलग बनाउन ल्याईएको अध्यादेश खेदजनक रहेको हेटौँडा उपमहानरपालिका, कार्यपालिकाको कार्यालयले जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बगमती प्रदेश सरकारको उक्त निर्णय हेटौँडावासीलाई मान्य नभएको बताएका छन् । महतले विज्ञप्ती मार्फत सरकारसँग उक्त निर्णय तत्काल बदर गर्न माग गरेका छन् । शिक्षण अस्पताल निर्माणको लागि धमाधम भवन निर्माण जारी रहेको अवस्थामा वर्तमान सरकारले गरेको क्रियाकलापले हेटौँडामा स्वास्थ्य सेवा कमजोर बनाईन खोजिएको भन्दै नगरवासीलाई उक्त निर्णय मान्य नहुने उल्लेख गरिएको छ ।