इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो ।
यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भने ब्राइटन र नर्विच सिटीले गोल रहित बराबरी खेलेका छन् । म्यानचेस्टर सिटी ७३ अंकसहित तालिकाको पहिलो स्थानमा कायमै छ भने ७२ अंक रहेको लभरपुल दोस्रो स्थानमा छ । यस्तै, ५९ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ ।