मकवानपुर – नेकपा एमाले भीमफेदी गाउँ कमिटीको निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीले आउँदो निर्वाचन लक्षित गर्दै एकदिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

May be an image of 2 people and people standing

पार्टीका प्रदेश कमिटि उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, पावर्ती राना, जिल्ला कमिटी उपसचिव हिदम लामालगायतको आतिथ्यतामा रहेको थियो । कार्यक्रम नेकपा एमाले भीमफेदी गाउँकमिटि अध्यक्ष सानु थापाको अध्यक्षतामा सम्पन्न भएको हो । जिल्ला कमिटी सदस्यहरु निवाचित जनप्रतिनिधि गाउँ कमिटी पदाधिकारीसहित ,वडा कमिटीका अध्यक्ष र पधाधिकारी जनवर्गीय संगठनका अध्यक्षहरुलाई प्रशिक्षण तथा अभिमुखिकरण प्रदान गरिएको हो ।