हेटौँडा – मकवानपुर प्रहरीले लागु औषध खैरो हिराइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकबाट दुईजना पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा संगम चोक क्षेत्रबाट ना ४३ प ८६५१ नंबरको मोटरसाईलमा सबार ब्यक्तिको जाँच गर्दा २ ग्राम ७५० मिलिग्राम खैरो हिरोईन सहित हेटौँडा १५ का राजेश खाती तथा राक्सिराङ ३ की आयुशा ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेकालाई १६ दिने म्याद थप गरि अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।