मकवानपुर- मकवानपुरगढी स्वास्थ्य चौकिमा बुधबारबाट ल्याब सेवा संचालनमा आएको छ । मकवानपुरगढी शिखरकटेरीमा रहेको स्वास्थ्य चौकीमा आज एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले स्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै अध्यक्ष हुमागाईले ल्याव सेवा संचालनले उक्त क्षेत्रका जनताले प्रत्यक्ष सेवा पाउनुका साथै हेटौंडा सम्म आउनुपर्ने समस्याको अन्त्य भएको बताउनुभएको छ । गढीगाउँपालिकामा स्वास्थ्य समस्याको अन्य गर्न आफ लागि परेको भन्दै उहाँले जनताले घरदैलोमै सेवा पाउन भन्ने पालिकाको योजना रहेको समेत बताउनुभएको छ ।

कार्यक्रममा स्वास्थ्य चौकीबाट २ नम्बर प्रदेशमा सरुवा हुनु भएका हेल्थ असिस्टेन्ट प्रमोद रौनियार, अनमी विनिताकुमारी मण्डललाई विदाई गरिएको थियो भने अहेव लक्ष्मण दाहाल, इन्दिरा मैनाली र ल्याव असिष्टेन्ट संगिता तिमल्सिनालाई स्वागत गरिएको थियो ।

कार्यक्रम वडा नम्बर २ का अध्यक्ष एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक बखान सिंह पाख्रिनको सभाध्यक्षतामा भएको हो ।