मकवानपुर– कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको त्रासका कारण बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मकवानपुरकै प्रमुख पर्यटकीय स्थल शहिद स्मारकलगायत जिल्लाका अन्य पर्यटकीय क्षेत्र प्रत्यक्ष असर परेको छ । कोरोना भाइरसका कारण पर्यटकीय क्षेत्रहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु नआउँदा ती क्षेत्रहरु सुनसान बनेको हो । कोभिड–१९ सङ्क्रमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण सहदि स्मारकसहित मकवानपुरका पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरु आउने क्रम ठप्प भएको छ । दैनिक हजारौं पर्यटक आउने शहिद स्मारक लकडाउन यता सुनसान बनेको छ ।
(फोटो फिचर)