हेटौंडा – बागमती प्रदेश सभाको नवौं अधिवेशन बुधबार (आज) राती १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा चैत ९ गते बुधबार राती १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको प्रदेश प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । सचिव खड्काले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्नुहुँदै प्रदेश सभा अन्त्य भएको जानकारी गराउनुभएको छ । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गत असोज २४ गते आव्हान गर्नुभएको यस नवौं अधिवेशनमा कुल १२ वटा बैठकहरू सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।