कलाकार तथा राजनीतिज्ञ ‘जयललिता’ को जीवनमा आधारित भएर बनिरहेको चलचित्र ‘थलाइवी’ ‘फस्ट लुक’ पहिला नै सार्वजनिक भईसकेको छ। यही चलचित्रबाट अभिनेत्री भाग्यश्री २३ वर्ष पछि हिन्दी चलचित्रमा फर्कर्दै छिन्। भाग्य श्रीले थलाइवीको सेटमा खिचिएको आफ्नो तस्बिर साझा गरेकी छन्। तस्बिरमा उनी परम्परागत भेषमा देखिएकी छन्। उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘फेरी काम गर्न पाउँदा म असाध्यै खुसी छु।’ उनी २३ वर्षपछि चलचित्रको छायंकनमा फर्केकी हुन्। उनी काममा फर्केको खबर सार्वजनिक भएसँगै फ्यानले उनलाई शुभकामना दिएका छन्। भाग्यश्री कुनै समय अभिनेता सलमान खानको हिरोइन भनेर चिनिन्थिन्।