file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले दिन प्रतिदिन लोकप्रियता हासिल गरिरहेको दाबी गर्नुभएको छ  । एमाले पार्टी कार्यालय काठमाडौँमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई समेटेर लान सक्ने एक मात्र पार्टी एमाले भएको भन्दै एमालेमा  प्रवेश गर्ने व्यक्तिहरूको लहर चलेको दाबी गर्नुभयो ।  अध्यक्ष ओलीले एमाले कुनै वर्ग विशेषको पार्टी नभएकाले सबै क्षेत्रका समस्याको पहिचान  गरी समाधान गर्न सधैँ तयार हुने पनि  बताउनुभयो ।