मकवानपुर – मकवानपुरमा यात्रु बाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको बा.४ख ४४५४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ईप्रका मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मृत्यु हुनेमा बसका सहचालक नुवाकोट तारकेश्वर गाउँपालिका– ४ का २२ वर्षीय सुवास श्रेष्ठ र यात्रु २९ वर्षीय शम्भु दराई मगर रहेका छन् । दुर्घटनामा घाइते १२ जनालाई उपचारका लागि चितवन पठाइएको थापाले जानकारी दिनुभयो ।











