नेपाली शेयर बजारमा सोमबार कारोबार सूचक नेप्से दोहोरो अङ्कको वृद्धि भएको छ । यस दिन नेप्से सूचक २७।४१ अङ्कले बढेर २६४५।८४ विन्दुमा पुगेको छ भने संवेदनशील सूचक पनि ४।३५ अङ्कले बढेको छ । सोमबार नेप्से सूचक सकारात्मक देखिए पनि कारोबार रकम उल्लेख रुपमा घटेको छ । आइतबार ५ अर्ब बढीको कारोबार भएकोमा सोमबार ४ अर्ब २० करोड रुपैयाँको मात्रै कारोबार भएको छ । बजारमा सोमबार २१८ वटा कम्पनीका ७५ लाख ७९ हजार ३ कित्ता शेयरहरू ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा किनबेच भएका छन् । यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ भने राष्ट्रिय बिमा कम्पनी सहित तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।