सांकेतिक तस्विर

हेटाै‌डा – राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मात्रै घर तथा जङ्गलमा गरी २१ सय ८५ वटा आगलागीका घटना भएको जनाएको छ । गएको वैशाख १ गतेदेखि आजसम्म भएका आगलागीका घटनामा ८६ जनाले ज्यान गुमाएको, सय ५८ जना घाइते भएको, दुई हजार पाँच सय ५५ परिवार प्रभावित भएका र आगलागीका घटनाबाट अनुमानित दुई अर्ब ७ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क स्राेत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण