मकवानपुर- ३ नम्बर प्रदेशका नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले बुधबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश राजधानी हेटौंडास्थित प्रदेश कार्यालयमा बुधबार पदभार ग्रहण गर्नुभएको हो ।
प्रदेश प्रमुख प्रसाईलाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, प्रदेश सांसद प्रदिपकुमार कटुवाल क्षेत्री, प्रदेशका मुख्यन्यायधिवक्ता ओम प्रसाद थपलीया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमख रघुनाथ खुलाल, हेटौँडा नगरपालिकाकी उपप्रमुख मिना कुमारी लामा, प्रदेश प्रमुख सचिव तोयम राय, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरुले स्वागत गर्नुभएको थियो । उहाँलाई कार्यालय परिसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण समेत गरेको थियो ।
कार्यकक्षमा प्रबेश गरेर जिम्मेवारी वहन गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश प्रमुख प्रसाईले प्रदेशको विकासका लागि सबैको सल्लाह र सुझाबबाट अघि बढ्ने बताउनुभएको छ । उहाँले प्रदेश नम्बर ३ को उत्तर उत्तर प्रगतीका लागि सबै संग सहकार्य गरेर काम गर्ने वताउनुभएको हो । नेपाली जनताको सद्भाका निमित्त आफुहरुलाई पठाएकाले काम गरेर देखाउने प्रदेश प्रमुख प्रसाईको भनाई थियो । संविधान र संघीयताको पूर्ण कार्यान्वयका लागि आफूले निर्णयक भुमिका खेल्ने उहाँले बताउनुभएको छ । मंगलबार राष्ट्रपतिबाट सपथ लिनुभएका प्रदेश प्रमुख प्रसाई बुधबार हेटौंडास्थित कार्यालयको कार्यकक्षमा उपस्थित हुनुभएर पदभार ग्रहण गर्नुभएको हो ।