काठमाडौँ – नेपालमा आज १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ९ हजार ७ सय १० नमूनाको परिक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
यो हप्ताको संक्रमण दर ३ दशमलव ८ प्रतिशत रहेको छ यो दर पछिल्लो हप्ता भन्दा २ दशमलव ६ प्रतिशतले कम भएको मन्त्रालयले जानकारी दिएको छ । आज संक्रमित ४ सय १५ जना निको भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ । आज ४१ हजार ३ सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाकारी दिएको छ ।