काठमाडौँ – नेपालमा आज थप ६ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
४ हजार २ सय ५६ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ४ सय ९८ जनामा र २ हजार ८ सय ३९ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा १ सय ८२ गरी जम्मा ६ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख ११ हजार ८ सय ९८ पुगेको छ ।
त्यस्तै देशभर आज १ हजार ८ सय ३५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ९ लाख ४२ हजार ७ सय ३७ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ९ सय २ पुगेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभरि १९ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्रै देशभर ४३ हजार ८ सय ८१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।