मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वागमती गाउँपालिकाका वडा अध्यक्षका उमेदवार नेकपा एमालेमा प्रवेश गरेका छन् । बागमती गाउँपालिका वडा नम्बर–४ मा २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाको तर्फबाट वडा अध्यक्षमा उमेदवार बन्नु भएका सिताराम माझी नेकपा एमाले प्रवेश गर्नु भएको हो ।

No description available.

आफुलाई राप्रपाको सिद्धान्त, विचार र व्यवहार मन नपरेर एमाले प्रवेश गरेको माझिले बताउनुभयो । देश र जनताको समृद्धि र विकासका लागि एमाले बाहेक अन्य पार्टीबाट सम्भव नदेखेकाले आफुले एमाले राजेको उहाँले बताउनुभयो । सोमबार एमाले मकवानपुरको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँसहित राप्रपाका वडा कमिटी सदस्य पाल्साङ पाख्रिनलाई एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राना, पूर्व केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेललगायतले उहाँलाई टीका र खादासहित पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, भारती पाठक, प्रदेश कमिटीका सदस्यहरु अनन्त पौडेल, रामचन्द्र राई, रघुनाथ खुलाल, एकराज उप्रेती, बलराम बल, अणराज जर्गामगर, कमल विष्ठ, पद्मा पौडेल, भगवती पुडासैनी लगाएतको उपस्थिती रहेको थियो ।