काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवारी दिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले पेश गर्नु भएकाे स्थानीय तह निर्वाचन विशेष कार्ययोजनामाथि भएकाे थियाे । छलफल पछि सबै स्थानीय तहमा उम्मेदवारी दिने, पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा गर्नेलगायत निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने निर्णय भएको छ ।