हेटौंडा – मकवानपुर प्रहरीले ४१ किलो लागुऔषध गाँजाससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा हेटौंडा–३, तीनताप्केबाट ३१ वर्षीय इश्वर लामालाई ४१ केजी ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो । घरमा लुकाएर राखेको अवस्थामा गाँजासहित लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।