अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार घुसको रकम सहित एकजनालाई पक्राउ गरेको छ । आयोगको हेटौंडा स्थित कार्यालयबाट खटिएको टोलीले बारा गंजभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक जटाशंकर प्रसाद कलवारलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटांैडाबाट प्रहरी नायब निरीक्षक केशव भट्टराईको नेतृत्वमा खटिएको टोलीले सई कलवारलाई तस्करी मार्फत भारतबाट अवैध रुपमा नेपाल तर्फ सामान ल्याउन कारोवारीहरुसँग घुस लिई रहेको अवस्थामा निजलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुसको रकम सहित पक्राउ परेका सई कलवारलाई थप कारवाहीका लागि अख्तियारको हेटौंडा स्थित कार्यालयमा ल्याईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटांैडा कार्यालयले जनाएको छ ।