मकवानपुर – मकवानपुर प्रहरीले सोमबार मास्क नलगार्इ हिँड्डुल गर्ने ५९ जनालार्इ कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाइ हिँड्ने ५९ जनालाई कारबाही गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मास्क नलगाई हिंडडुल गर्ने ५९ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही एकसय रुपैयाँ दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । यस अघि जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरले मास्क नलगाएर हिँड्नेलाई एकसय रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो ।