मकवानपुर – मकवानपुर प्रहरीले शनिबार ओभरलोड बोकेको भन्दै १०२ वटा टिपरलाई कारबाही गरेको छ । शुक्रबार ९७ वटा टिपरलाई कारबाही गरेको प्रहरीले शनिबार १०२ वटा टिपरलाई कारबाही गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा–११ थानाभ¥याङ, हेटौंडा–१५, रातोमाटे र ६ चौघडा, मनहरी र भीमफेदी गाउँपालिकामा चेकजाँच गरेको थियो । चेकजाँच गर्दा ओभरलोड बोकेको टिपरलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायबउपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
टिपरले ओभरलोड बोक्ने आम गुनासोका आधारमा प्रहरीले सकृयता देखाउको हो । हेटौंडामा रहेको शिवम, ऋद्धिसिद्धी र हेटौंडा सिमेन्टका लागि आवश्यक ढुङ्गा बोक्ने टिपरले विशेष गरी ओभरलोड बोक्ने गरेको स्थानीयको गुनासो छ ।