मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयबाट नियमित प्रदान गर्दै आएको सेवा कटौती गरेको छ । कोभिडका कारण जनाउँदै कार्यालयले बिहीबार सुचना जारी गरेर कार्यालयबाट हुने सेवालाई केही सिमित गरिएको जनाएको छ ।
कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएकोले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनबारे बिहिबार ५ बुँदे आदेश सहितको सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने सेवा कटौती गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिनुभयो । कार्यालयको सुचनामा सेवाग्राहीले खोपकार्ड अनिवार्ड लिएर आउनुपर्ने, राहदानीको बायोमेट्रिक गर्न अनिवार्य एप्वाइन्टमेट लिएर मात्र आउने, राष्ट्रिय परिचय पत्र बनाउन, नयाँ नागरिकता प्रतिलिपि नागरिकता लगायतका अन्य सेवाहरु अति आवश्यक भएका प्रमाण भएमा मात्र प्रदान गरिने जनाइएको छ ।
