हेटौंडा – सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरकाे आयाेजना एवं जिल्ला प्रहरी कार्यलय मकवानपुरकाे सहकार्यमा काेराेना भाइरस न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम साेमबार सम्पन्न भएकाे छ।
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको बुद्ध चाेकमा केन्द्रका अध्यक्ष राम बिष्ट ,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक चुडा कुमारी खड्का काे उपस्थितिमा बुद्ध चाेक देखी सिमा चाेक ,चौघडा चाेक,र पिपल बाेट लगाएत क्षेत्रमा काेराेना भाइरस विरूद्वका संदेश मुलक प्ले कार्ड सहित पैदल यात्री ,सवारी चालक ,यात्रु ,उधाेगी व्यबसायी लगाएतलाई ८३५ थान माक्स वितरण गरिएको थियाे । कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष कुमार पौडेल , उपभोक्ता मंच मकवानपुरका सचिव नबराज काेइराला ,सेवाका लागी हेटाैडा टिम लिडर बिवस सुबेदी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगाएतकाे उपस्थिति रहेको थियो ।