मकवानपुर – मकवानपुरमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार ५८ जनामा संक्रमण पुष्टि भएकोमा त्यो संख्या बढेर आज बुधबार एकै दिन जिल्लामा ८२ जना संक्रमण पुष्टि भएको छ ।
बुधबार जिल्लामा १ सय ४४ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधि र पिसिआर विधिबाट १ सय ४४ जनाको कोरोना जाँच गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै मकवानपुरमा हालसम्म कोरोना संक्रमित हुने संख्या १५ हजार ७८४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमण मुक्त भएका छन । याेसंगै जिल्लामा हालसम्म काेराेना संक्रमणमुक्त हुनेकाे संख्या १५ हजार ३१९ पुगेकाे स्वस्थ्य कार्यालयले जनाएकाे छ ।
यता कोरोना परिक्षण गराउनेहरुको समेत भिड बढ्न थालेको जसमा लक्षण सहितको कोरोना संक्रमितहरु धेरै रहेकाे कार्यालयले जनाएकाे छ । जिल्लाका दश स्थानीय तह मध्यमा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा दिनहुँ संक्रमित थपीदै गएकाे कार्यालयले जनाएकाे छ ।