आज देशभर १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । आज ८ हजार ९ स ६५ नमूनाको पिसिआर परिक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ नमूना एन्टीजेन परीक्षणबाट ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज संक्रमित २ सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ । यस्तै आज देशभर २ लाख १० हजार ५ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।