कार्तिक १९ गते शिलान्यास गर्ने तयारि

मकवानपुर– ३ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको बिशेष चासो र पहलमा हेटौंडामा बहुप्राविधिक महाविद्यालय बन्ने भएको छ । प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिँदै आएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल तथा सम्पुर्ण प्रदेश सरकार प्राविधिक शिक्षा अहिलेको अवश्यक्ता हो भन्ने उदेश्यकासाथ अगाडी बढेको अवस्थामा प्रदेशमा बहुप्राविधक महाविद्यालय बन्ने भएको हो ।
सम्पुर्ण प्राविधिक शिक्षा एकै स्थानमा पढाउन सकिने गरि माहाविद्यालय निर्माणको प्रकृया अगाडी बढेको छ । महाविद्यालयको यहि कार्तिक १९ गते शिलान्यास गर्ने तयारी गरिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल तत्कालीन हेटौँडा नगरपालिकाका मेयर हुँदा देखेको सपना दुई दशकपछि पूरा हुने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चित्रेपानीमा नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको कात्तिक १९ गते शिलान्यास गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिनुभएको छ ।
हालका ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल २०५४ सालमा मेयर हुँदा उहाँले प्राविधिक महाविद्यालय स्थापनाको बहस थाल्नु भएको हो । यही बिषयमा निरन्तर लागिरहनु भएका तत्कालीन मेयर पौडेल अहिले मुख्यमन्त्री भएपछि प्राविधिक महाविद्यालय निर्माण गर्न प्रभावकारी रुपमा लाग्नुभएको छ । २०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भातर भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । तर, हस्ताक्षर भएको लामो समय बितिसक्दा समेत निर्माणको कामले गति नपाएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभिटी) को ३ नम्बर प्रदेश कार्यालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री पौडेलको बिशेष चासो, पहल र अनुगमनकै कारण महाविद्यालयका भवनहरु निर्माण हुने चरणमा प्रवेश गरेको हे । भारतीय राजदुताबासकै नेतृत्वमा महाविद्यालयका भवनहरु निर्माण हुने उहाँले बताउनुभएको छ । प्रदेश सरकारले २६ बिगाह जग्गा खाली गराएर महाविद्यालयको भवन निर्माणका लागि स्थान उपलब्ध गराएपछि राजदुताबासले भवन निर्माणको लागि टेण्डर प्रक्रिया सम्पन्न गरिसकेको पौडेलले जानकारी दिनुभयो । भारतीय अनुदानको ६४ करोड रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुने सिटिइभिटीका प्रमुख केसीले जानकारी दिनुभयो । सिलान्यास भएको २४ महिनाभित्र सबै संरचनाहरु निर्माण गर्नेगरी ठेकेदारसँग सम्झौता भएको समेत उहाँ जानकारी दिनुभयो । महाविद्यालय भवनहरु निर्माण भइसकेपछि सिटिइभिटीलाई हस्तान्तरण हुने र त्यसपछि निरन्तर प्राविधिक कक्षाहरु सञ्चालन हुने उहाँले बताउनुभएको छ । सिटिइभिटीले स्वास्थ्यबाहेकका सबै क्षेत्रका प्राविधिकहरु महाविद्यालयबाटै उत्पादन गर्नेगरी कोर्षहरु सञ्चालन गर्ने जनाएको छ । सयौँ आबधिक तालिमहरु समेत महाविद्यालयबाट सञ्चालन हुनेछ ।
महाविद्यालयमा एक शैक्षिक कक्षा सञ्चालन हुँदा विभिन्न बिषयहरुका गरी करबि २ हजार जना विद्यार्थीहरु दीक्षित भएर जनशक्तिको रुपमा निस्कने छ । महाविद्यालय संचालन पछि प्रदेशकालागि मात्र नभई देशकैलागि आवश्यत्र दक्ष प्राविधिक उत्पादन हुने तथा प्राविधिक क्षेत्रबाट राष्ट्रको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास लिईएको छ ।