मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशनको सन्देश सभा शुक्रबार हेटौंडामा आयोजना गरिएको छ । युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीको आयोजनामा कार्यक्रम भएको हो ।

युवा संघका हेटौँडा उपमहानगरपालिका कमिटिका अध्यक्ष राजेश नगरकोटीको अध्यक्षता एवम् युवा संघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका नव निर्वाचित केन्द्रीय सदस्य किरण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सन्देश दिने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका जिल्ला अध्यक्ष बद्री लम्साललगायत नेताहरुको सहभागिता रहेको थियो ।