हेटौंडा – नेकपा एमालेको चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुर जिल्लाबाट विजयी हुनुभएका केन्द्रीय सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले सम्मान गरेको छ । बिहीबार कायार्लयमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित ४ जना केन्द्रिय सदस्यलाई एमाले मकवानपुर जिल्ला कमिटी र हेटौंडा नगर कमिटीले सम्मान गरेको हो ।

हेटौंडा–५ स्थित एमाले मकवानपुरको पार्टी कार्यलयमा आयोजित कायृक्रममा जिल्ला अध्यक्ष अध्यक्ष बद्री लम्साललगायतले उहाँहरुलाई टिका, खादा तथा डायरी प्रदान गरेर सम्मान गर्नु भएको थियो । भने, नगर अध्यक्ष शाालिकराम पुडासैनीले निर्वाचित केन्द्रीय सदस्यहरुलाई फोटो सहितको फ्रेम प्रदान गर्नुभएको थियो । १० औं राष्ट्रिय महाधिवेशनबाट मकवानपुरबाट रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ र भारती पाठक केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । सम्ममान कार्यक्रममा नेकपा एमाले बागमती सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु लगाएत विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
