मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माण हुन लागेकाे हाे ।
कूल २८ करोडको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ विनियोजन गरि सकिएको छ । चालु आर्थिक बर्षमा बास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानीगढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने र २ बर्ष भित्रमा अन्य निर्माण तथा संरक्षणका कामहरु सम्पन्न गरिने छ ।पूर्वाधार निर्माणका लागि निर्माण व्यवसायी कम्पनी अनक–माउन्टेन–गोले जेभीसंग गएको कात्तिक ७ गते ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । ऐतिहासिक चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको प्रधानसेनापती प्रभुराम शर्माले बुधबार शिलान्यास गर्नुभएको हो । (फाेटाे–फिचर)