हेटौंडा– मकवानपुरमा आज थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएके छ । कार्तिक २ गते स्वाब संकलन गरिएका मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेकोे हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थय निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ७१ जनामा कोरोना पुष्टि भएको हो ।
जनस्वस्थ्य निरीक्षक चौलागाईले दिनुभएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रका मात्र ६६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये हेटौंडा–११ का १५ जना, हेटौंडा– ९ का १३ जना, हेटौंडा– ५ का ११ जना र अरु अन्य वडाका रहेका छन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गोरखा, डडेल्धुरा र बारा घर भई हेटौंडामा बसोबास गर्दै आएका ३ जना कोरोना संक्रमित फेला परेका छन् । कार्तिक २ गते गते संकलन गरिएको २८७ जना मध्ये १४७ जनाको स्वाब परीक्षण गर्दा ७१ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ४३ र महिला २७ जना रहेका छन् । जसमध्ये एकजना तेश्रोलिंगी रहेको जनाइएको छ ।
